रिजाललाई षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान
lokaantar.com · Fri Oct 13 17:35:53 GMT 2023
षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मानबाट धादिङका कमल रिजाल सम्मानित भएका छन् । शब्दयात्रा प्रकाशनले शुक्रबार आयोजित एक समारोहका बीच आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी रिजाललाई उक्त सम्मान प्रदान गरेको हो ।
सोही कार्यक्रममा शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान भोजपुरका डा ठाकुरराज अधिकारी र शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान पाल्पाकी बेटी बज्राचार्यलाई प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)