घरमै राहदानी पुर्याउन रुकुमपश्चिम प्रशासन र हुलाकबिच समझदारी
gorkhapatraonline.com · Wed May 20 13:38:42 GMT 2026

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राहदानी बनाउने सेवाग्राहीको घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राहदानी वितरणमा यो नयाँ व्यवस्था लागू गरेको हो ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नं. २७ को कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम र जिल्ला हुलाक कार्यालयबिच बुधबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)