‘सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको हो’
barnanmedia.com · Wed May 28 23:45:48 GMT 2025

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमति र विरोधको जगमा अहिलेको लोकतान्त्रिक गणतन्त्र खडा भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले लामो सङ्घर्ष र त्यसमा प्राप्त गरेका अनेकौँ अनुभवका आधारमा नेपाली जनता यो ऐतिहासिक उपलब्धिका हकदार बनेको स्मरण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)