मर्न डराएकाले विप्लव–प्रकाण्ड चुनावमा गए : सुदर्शन
nepalpress.com · Fri May 27 16:44:44 GMT 2022
काठमाडौं । नेकपा (बहुमत)का कार्यालय सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रवृति सारसंग्रवादी भएको बताएका छन् । शुक्रबार संवाद डबलीमा सहिद कृष्णसेन ‘इच्छुक’को सम्झनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुदर्शनले दार्शनिक रुपमा विप्लव सारसंग्रहवादी भएको बताएका हुन् ।
उनले विप्लवले एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाएको बताए । ‘एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाउनुभयो, दर्शन पनि त्यही हो, राजनीति पनि त्यही हो, रणनीति पनि त्यही, कार्यनीति पनि त्यही हो, हुँदै जाँदा त चुनाव पनि एकीकृत जनक्रान्ति हो भन्ने ठाउँमा पुग्नुभयो । यो सबै हिसाबले उहाँहरु सारसंग्रहवादी हो’ सुदर्शनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)