नेपालको १५० रन पूरा
makalukhabar.com · Mon Sep 13 17:09:22 GMT 2021
काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा अमेरिकासँग खेलिरहेको नेपालले १५० रन पूरा गरेको छ । २३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३५ औँ ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको हो ।
कुशल भुर्तेलले ८४ रन बनाए । कुशलले ९३ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । आसिफ शेख २३ र कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । आसिफले ४२ बलमा २ चौका सहित २३ रन बनाए भने ज्ञानेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल १ रनमा आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)