मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका ओलम्पियन मुकुन्दहरि श्रेष्ठ

ratopati.com · Mon Feb 05 00:27:00 GMT 2024

काठमाडौँ । ओलम्पियन मुकुन्दहरि श्रेष्ठले जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका छन् । अर्का ओलम्पियन बैकुण्ठराज मानन्धरले भाग लिएको हरेक स्पर्धामा उनी सधैँ दोस्रो भए, तर म्याराथनको रिबन चुम्ने प्रतिस्पर्धाले यी दुई धावकको मित्रतामा कुनै हानि पु¥याएन ।

यी दौँतरीले एउटै स्कुलमा पढेका हुन्, मरुको भगवतीबारीस्थित शान्ति निकुञ्ज माविमा । सुरुवाती दिनमा मुकुन्द र बैकुण्ठले एउटै स्पर्धामा भाग लिँदैनथे । त्यसैले उनीहरू आ–आफ्नो स्पर्धामा प्रथम हुन्थे । पछि उनीहरूले एउटै स्पर्धामा जतिपटक सँगसँगै भाग लिए, त्यति नै पटक मुकुन्दहरि सधैँ सेकेन्ड (दोस्रो) भए, अर्थात् बैकुण्ठ सधैँ प्रथम । विभिन्न कारणले बैकुण्ठ सहभागी नभएको स्पर्धाको स्वर्ण मुकुन्दको पोल्टामा प¥यो । आफूहरूको सम्बन्धबारे मुकुन्दहरि भन्छन्, ‘खेल मैदानमा प्रतिस्पर्धा र मित्रता फरक कुरा हुन् । मित्रतामा कुनै पनि कुरा तगारो बन्नु हुँदैन । हामी अहिले पनि एकअर्काका घनिष्ठ मित्र हौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)