चीनबाट आउनेहरूमाथि नयाँ कोभिड नियम लागु गर्ने अमेरिकाको तयारी
baahrakhari.com · Wed Dec 28 16:47:00 GMT 2022
वासिङटन । बेइजिङले आगामी महिनादेखि आफ्नो सीमाना खुला राख्ने घोषणा गरेपछि अमरिकाले चीनबाट आउनेहरूमाथि नयाँ कोभिड नियमहरू लागु गर्ने तयारी गरेको छ । अमेरिकी अधिकारीहरूले चीनमा कोभिड–१९ संक्रमित घटना वृद्धि भएकाबेला चीनले पारदर्शी ढंगले वास्तविक तथ्यांक बाहिर नल्याएकाले नयाँ निमय ल्याउन लागिएको बताएका छन् ।
जापान, मलेसिया र ताइवान यसअघि नै कोभिड भित्रिने डरले स्वास्थ्य परीक्षणमा नेगेटिभ देखिएकाहरूसहित चीनबाट आउने पर्यटकहरूमाथि स्वास्थ्य सम्बन्धी कडा नियमहरू लागु हुने बताइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)