शैक्षिक परामर्श क्षेत्रमा प्रहरी छापा पछि त्रास, व्यवसायी-सरकार आमनेसामने
kendrabindu.com · Wed May 20 13:54:05 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत शुक्रबार एकैदिन उपत्यकाभित्रका ९५ वटा शैक्षिक परामर्श संस्था (एजुकेसन कन्सल्टेन्सी)मा छापा मारेपछि व्यवसायीमा त्रास र अन्योल देखिएको छ । दर्ताविना सञ्चालित संस्थालाई लक्षित गर्दै गरिएको उक्त कारबाहीपछि केही स्थानमा व्यवसायीले सटर बन्द गरेका छन् भने कतिपयले पुनः छापा पर्ने आशंकामा कारोबार नै ठप्प पारेका छन् । संस्था सञ्चालनको मापदण्ड, निवेदन दिएर पनि अनुमतिपत्र नपाएको अवस्था र प्रदेशमा दर्ता भएकाहरूको हैसियतजस्ता विषयमा देखिएको अन्योलले यस क्षेत्रमा राज्यले आफ्नो व्यवसायलाई नै नकारात्मक रूपमा हेरिरहेको आशंका व्यवसायीमा बढेको छ ।