फजुल खर्च कटौतीपछि उदयपुर सिमेन्ट नाफातिर
ekantipur.com · Sat Aug 20 01:05:25 GMT 2022
उदयपुर — तीन दशकअघि जडित उपकरण (औजार, पार्टपुर्जा) को मर्मत सम्भारपछि उदयपुर सिमेन्ट उद्योगले पुन: गति लिएको छ । मर्मत सम्भार नै नगरी जबर्जस्ती सञ्चालन गरिँदा यसअघि उद्योग लगभग बन्द हुने अवस्थामा पुगेको थियो । उपकरणको मर्मत सम्भार र फजुल खर्च कटौतीपछि उद्योगले गत आर्थिक वर्ष ०७८/७९ मा ९० दशमलव ५२ प्रतिशत उपलब्धि प्राप्त गरेको हो । उक्त आर्थिक वर्षमा उद्योगले २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री गरेको थियो । उद्योगले २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो ।
पूर्ण सरकारी स्वामित्वको सिमेन्ट उद्योग झन्डै ३० वर्ष पुरानो मिल र मेसिनरीको भरमा सञ्चालन हँुदै आएको छ । उद्योगले रोपवे, रोपवेको टावर, सेकेन्डरी क्रसर ह्यामर परिवर्तन, र–मिलको टायर, बियरिङ, लाइनर, हाइड्रोलिक सिलिन्डर, नचलेको रोलरमा सोलोनाइड भल्ब, जीसीटी पम्प, कोन, नोजललगायत १६ वटा उपकरण मर्मत गरेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)