मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एअर गनसहित काठमाडौंबाट एक जना पक्राउ

onlinekhabar.com · Wed May 20 13:54:12 GMT 2026

६ जेठ, काठमाडौं । एअर गनसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ पाटिटारबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–४ का २६ वर्षीय सोक्सोम दोर्जे लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीबाट कालो रंगको इनामेल लगाएको एक थान एअर गन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)