मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा व्यवस्थित गरिँदै ‘चक्ला वन’

nagariknews.nagariknetwork.com · Sat Jun 13 09:09:16 GMT 2026

दिगो वन संरक्षणका लागि बाँकेमा दुई ठुला चक्ला वनलाई व्यवस्थित गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ र ८ तथा वडा नम्बर ३ मा चक्ला वन निर्माण गरेको हो। कार्यालयले राप्ती सोनारी–२ र ८ मा पर्ने ‘सम्शेरगन्ज–माधेवास’ तथा वडा नम्बर ३, ४ र १ मा पर्ने भूवर भवानी चक्ला वनलाई व्यवस्थित गरेको हो।

कार्यालय प्रमुख एवं सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार ‘सम्शेरगन्ज–माधेवास’ चक्ला वन २ हजार ५ सय ७८ हेक्टर क्षेत्रफलमा फैलिएको छ, भने भूवर भवानी चक्ला वन २ हजार ५ सय ७२ हेक्टरमा रहेको छ। चक्ला वनबाट दिगो रूपले वन संरक्षण, राजश्व संकलन र स्थानीयलाई रोजगारी सिर्जना भएको प्रमुख गुप्ताले बताए। ‘यो चक्लाबन्दी वन सम्वर्द्धन प्रणालीमा रहेर सञ्चालन गरिएको वनको दिगो व्यवस्थापन र वन सम्वर्द्धन कार्यक्रम हो,’ प्रमुख गुप्ताले नागरिक सँग भने, ‘चक्ला वनमा उमेर पुगेका रुखलाई निश्चित मापदण्डमा रही कटान गर्ने र नयाँ रुख हुर्कनका लागि वैज्ञानिक विधिमा उपयुक्त वातावरण सिर्जना गरिएको हुन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)