मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साझेदारीमा एक घर एक धारा निर्माण

gorkhapatraonline.com · Sat Jun 13 09:28:08 GMT 2026

सरुमारानी गाउँपालिका –४ धनकोटको ६३ घरमा खानेपानी धारा निर्माण भएको छ । सरुमारानी गाउँपालिका र नेवा संस्थाको साझेदारीमा डुम्रीखोला धनकोट खानेपानी आयोजना सम्पन्न भएर घर–घरका खानेपानी धारा निर्माण गरिएको हो ।

नेवाको १३ लाख २६ हजार ३४१ रुपियाँ, गाउँपालिकाको आठ लाख ३४ हजार ७०१ रुपियाँ र उपभोक्ता समितिको श्रमदान आठ लाख ७५ हजार ५४३ रुपियाँ लगानी रहेको उपभोक्ता समितिका सचिव हिरासिंह रानामगरले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएपछि स्थानीय घरमै पानीको सुविधा पुग्दा खुशी भएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)