मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

baahrakhari.com · Wed Aug 25 01:02:00 GMT 2021

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर–८, केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । घटना मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)