मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले बनायो ३७ सदस्यीय  केन्द्रीय कार्यसम्पादन समिति, कोइरालादेखि पौडेलसम्म समेटिए

nayapatrikadaily.com · Sat Jan 29 00:39:00 GMT 2022

१४औँ महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पार्टीको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुने व्यवस्था छ । सभापति देउवाको निर्देशनबमोजिम महामन्त्री गगनकुमार थापाले बैठकमा नाम प्रस्तुत गरेका थिए, जसलाई भर्चुअल बैठकले अनुमोदन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)