भारतीय टी-२० क्रिकेट टोलीको नेतृत्व लिदैं श्रेयस अय्यर, वैभव सूर्यवंशी पनि टोलिमा
nepalviews.com · Fri Jun 05 04:06:59 GMT 2026

काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीको टी-२० अन्तर्राष्ट्रिय (टी-२० आई) कप्तानको जिम्मेवारी मध्यक्रमका ब्याटर श्रेयस अय्यरले सम्हाल्ने भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का राष्ट्रिय छनोटकर्ताहरूले सन् २०२८ को लस एन्जलस ओलम्पिक र सोही वर्ष अस्ट्रेलिया तथा न्युजिल्यान्डमा हुने टी-२० विश्वकपको दीर्घकालीन योजनालाई मध्यनजर गर्दै अय्यरलाई कप्तान बनाउने निर्णय लिएका हुन्।
गत मार्चमा सूर्यकुमार यादवको कप्तानीमा भारतले टी-२० विश्वकपको उपाधि जिते पनि विश्वकपमा उनको व्यक्तिगत प्रदर्शनलाई लिएर छनोट समितिमा गम्भीर बहस सुरु भएको थियो। विश्वकपका ९ इनिङ्समा १३६.७२ को स्ट्राइक रेटमा मात्र २४२ रन बनाएका ३५ वर्षीय सूर्यकुमारलाई आगामी भ्रमणका लागि टोलीबाट पूर्ण रूपमा हटाइने सम्भावना बलियो बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
टी-२० विश्वकप
काठमाडौँ