कैलाश गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अदालतको पत्र
hamrakura.com · Wed Nov 03 00:00:00 GMT 2021
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित कर्मचारीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न बिशेष अदालत काठमाडौँले पत्र पठाए पनि सो पत्र गाउँपालिकाको कार्यालयमा कार्तिक ९ गते मात्रै दर्ता भएको हो । त्यसयता अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय गएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)