मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीमतीबाट ‘मुक्ति’ पाएको खुसीमा ९ किलोमिटर कठिन दण्डवत् यात्रा

ratopati.com · Mon Mar 30 20:10:06 GMT 2026

काठमाडाैँ । मानिसहरूले पत्नी पाउन वा दाम्पत्य जीवन बचाउन पूजापाठ, व्रत र भाकल गरेको त हामीले सुनेकै छौँ । तर, भारतको उत्तर प्रदेशमा एक युवकले श्रीमतीबाट छुटकारा पाउन गरेको भाकल पूरा भएपछि अनौठो तरिकाले खुसी मनाएका छन् । विवाहको दुई वर्षमै श्रीमतीसँगको कलहबाट आजित भएका उनले सम्बन्ध विच्छेद भएपछि ९ किलोमिटर लामो साष्टाङ्ग दण्डवत् परिक्रमा गर्दै मन्दिर पुगेर भाकल पूरा गरेका हुन् ।

यो घटना भारतको उत्तर प्रदेश बस्ती जिल्लाका रवि नामका एक युवकको हो । भारतीय सञ्चारमाध्य मका अनुसार, रवि बिहानै भोकै–प्यासै घरबाट निस्किएका थिए । उनको गन्तव्य थियो, घरबाट ९ किलोमिटर टाढा रहेको प्रसिद्ध बैडवा माताको मन्दिर । तर, उनी त्यहाँ गाडी चढेर वा हिँडेर गएनन्, बरु भुईँमा लम्पसार पर्दै र घिस्रिँदै गए । साष्टाङ्ग दण्डवत् परिक्रमा गर्दै उनलाई मन्दिर पुग्न साँझको ६ बजेको थियो । मन्दिर पुग्दा उनको शरीर थकानले चूर थियो र घुँडाहरू रक्ताम्य भइसकेका थिए, तर उनको अनुहारमा भने मनोकामना पूरा भएको गहिरो सन्तोष प्रस्टै देखिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)