प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
rajdhanidaily.com · Wed Jan 17 23:18:51 GMT 2024
काठमाडौं । असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान २:१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलन यही ५–६ माघमा युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनका पुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)