मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मोटरबाटो’ मा झल्कन्छ कालीकोट

gorkhapatraonline.com · Fri Nov 03 07:02:25 GMT 2023

काठमाडौँ, कात्तिक १७ गते । गायक महेन्द्रराज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज र एवान म्युजिसियनको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाईं फिचर्ड हुनुहुन्छ । गीतमा सिबी विजय अधिकारीले सङ्गीत भर्नुभएको छ भने गीतले अहिलेको देशको परिस्थितिमा किन युवा धेरै विदेशिन खोज्छन् भन्ने कुरालाई उठान गर्न खोजेको छ । डिपी खनालको गीत, पदम सुवेदीको सम्पादन तथा दीपक गिरीको सिनेम्याटोग्राफी रहेको गीतलाई गौरव गिरीले निर्देशन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)