आफूखुसी औषधि नखाऔं, यसले झनै गम्भीर समस्या निम्त्याउँछ
swasthyakhabar.com · Fri May 07 04:49:49 GMT 2021
पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधिको सेवन बढेको कुराहरु आइरहेको छ। यो एकदम गलत कुरा हो। हल्लाको भरमा र कसैले भनेको भरमा यसरी आफूखुसी औषधि खानु हुँदैन। सामाजिक सञ्जालमा कोरोनाको औषधि भनेर गलत हल्ला चलाइएको छ। ती कुरामा विश्वास गर्नु हुँदैन। औषधि खाने कुरामा आफूखुसी निर्णय गर्दा भोली त्यसले झनै गम्भीर समस्या निम्त्याउँछ।
मैले काम गर्ने अस्पतालमा पनि संक्रमित भएर आउनु भएका बिरामीहरुले अस्पताल आउनुपूर्व नै एन्टिबायोटिक खाएर आउनुभएको धेरै भेटेको छु। यो एकदमै गलत भइरहेको छ। उहाँहरुलाई त गलत गरिसक्नु भयो अब तपाईंहरुले त्यो गल्ती नगर्नुहोला।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)