रुससँग मिलेर काम गर्न तयार छौं : चिनियाँ प्रधानमन्त्री
barnanmedia.com · Wed May 20 14:06:21 GMT 2026

चिनियाँ प्रधानमन्त्री ली कियाङले रुससँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, बुधबार दिउँसो ‘ग्रेट हल अफ द पिपुल’ मा राष्ट्रपति पुटिनसँगको भेटमा प्रधानमन्त्री ली कियाङले दुवै राष्ट्रप्रमुखहरूको रणनीतिक मार्गदर्शन पछ्याउन, राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, आपसी समर्थन बढाउन र बदलिँदो परिस्थितिमा पनि स्थिर रहन रुससँग काम गर्न चीन तयार रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)