मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजीलाई

gorkhapatraonline.com · Wed Jan 25 00:40:18 GMT 2023

काठमाडौँ, माघ ११ गते । आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो । सोही निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन सूचना जारी गरेको छ । यसअघि कक्षा १–३ का मात्र पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)