मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्मा तीन दलबीच जुहारी

ekantipur.com · Fri Mar 08 00:57:29 GMT 2024

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सत्तायात्रा सुरु गरेपछि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख तीन दलका सांसदहरूबीच जुहारी चलेको छ । बैठकको सुरुमै प्रधानमन्त्री दाहालले सांसदहरूले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको थियो ।

फागुन ६ देखि १८ सम्म प्रतिपक्षको बेन्चबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदहरू भने बिहीबार उनीसँगै सत्तापक्ष लहरमा थिए । प्रतिनिधिसभाको यसअघिको बैठकमा सरकारको बचाउमा उभिने सांसदहरू भने प्रतिपक्षको कुर्सीमा पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)