माथिबाट खसेको ढुङ्गा लाग्दा किशोरीको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Jun 13 09:35:25 GMT 2026

हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।
सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जङ्गल गएकी थिइन्। बिहान करिब १०ः३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)