एक हप्तामा ३७१ जनाले लिए नागरिकता
gorkhapatraonline.com · Sat Jun 13 09:43:20 GMT 2026

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा ३७१ जनाले नयाँ नागरिकता लिएका छन्। गत सोमबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत नागरिकता एकसहित ३७१ जनाले नयाँ नागरिकता लिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार १६० जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ।
यस अवधिमा नाबालक परिचयपत्र आठ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन २०२ र राहदानी वितरण २५७ जनाको गरिएको छ। राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ६०७, राष्ट्रिय परिचयपत्र वितरण २९९, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ४९ जनाको गरिएको छ। यो साता एक संस्था नवीकरण गरिएको छ। संस्था दर्ता र हातहतियार नवीकरण र नामसारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)