युरिया मलको अभाव झेल्दै कृषक
gorkhapatraonline.com · Sat Jun 13 09:41:37 GMT 2026

काभ्रेपलाञ्चोकका अधिकांश स्थानका कृषकहरू यतिबेला आफ्नो बारीमा लगाएको मकै गोड्नमा व्यस्त रहेका छन् भने केही स्थानमा कृषकहरू रोपाइँ गर्ने चटारोमा लागेका छन् । कृषकहरू मकै गोड्ने र रोपाइँको काममा व्यस्त भइरहँदा जिल्लामा विगतका वर्षमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन् ।
सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कृषकहरूलाई माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसक्दा काभ्रेपलाञ्चोक लगायतका जिल्लाका कृषकहरू मर्कामा परेका हुन् भने बालीका लागि आवश्यक पर्ने रासायनिक मल बिचौलियाहरूसँग चर्को मूल्य तिरेर किन्न बाध्य हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)