मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोलामा हेलिएर स्कुल आउजाउ

ekantipur.com · Wed Sep 20 00:31:26 GMT 2023

बझाङ — बैतडीको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने बिन्दु चन्दले कहिल्यै ओभानो लुगामा कक्षाकोठामा बसेर पढ्न पाउँदिनन् । पढाइमा भन्दा बढी उनको ध्यान चिसो पोसाकमा तानिन्छ ।

चन्द मात्रै नभई गणेश मावि पढ्ने सिगास–६ साँगडाका ४० भन्दा बढी विद्यार्थीलाई यहाँको न्वाघरी खोलामा हेलिएरै स्कुल जाउआउ गर्नुपर्ने बाध्यता छ । तीन वर्षअघिकै बाढीले सिगास–७ भौनेलीपातल र डोटीको आदर्श गाउँपालिका–६ पाङ बबिना जोड्ने पुल बगाएपछि स्कुले बालबालिकालाई खोलामा हेलिनुको विकल्प छैन । उनीहरू आधा शरीर निथ्रुक्कै भिज्दै स्कुल पुग्छन् र चिसै पोसाकमा दिनभर पढ्न बाध्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)