पर्वतको विकट गाउँमा डिप बोरिङबाट घरघरमा धारा
dcnepal.com · Thu Mar 17 16:56:22 GMT 2022
पर्वत । पर्वतको फलेवास नगरपालिका–३ पोखराचौरस्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । सो पानी यहाँका १७ घरमा वितरण गरिएको छ । विष्टपानी नाम भए पनि यो गाउँमा पानीको चरम अभाव थियो । एक हजार २४८ मिटर उचाइको सो गाउँमा १२० मिटर जमिनमुनिबाट पानी निकालिएको छ ।
दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पानी पुग्छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उक्त आयोजनाको बिहिबार उद्घाटन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)