कृत्रिम पोखरीका कारण चुरे–भावर क्षेत्रमा वन्यजन्तुलाई पानीको सहज उपलब्धता
gorkhapatraonline.com · Sat Jun 13 09:46:46 GMT 2026

चुरे र भावर क्षेत्रमा हुने चरम पानीको अभावलाई समाधान गर्न बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेका ३० वटा कृत्रिम पोखरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र समग्र पारिस्थितिक प्रणाली (इकोसिस्टम) सुधारमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।
सुख्खायाममा पिउने पानीको खोजीमा भौंतारिँदै मानव बस्तीसम्म पुग्ने वन्यजन्तुहरूलाई निकुञ्जभित्रै पानीको पर्याप्त सुविधा भएपछि अहिले बस्ती पस्ने क्रममा कमी आएको राप्तिसोनारी गाउपालिका अगैया, बाकेका प्रेम बहादुर कुमाल बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समय निकुञ्ज आसपासका स्थानीय समुदाय र वन्यजन्तुबीच हुने द्वन्द्व उल्लेख्य रूपमा घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)