आगामी बजेट सन्तुलित आउँछ: प्रधानमन्त्री शाह
barnanmedia.com · Mon Mar 30 22:09:44 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाए । “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सल्यान क्षेत्र नं १ का सांसद रमेश मल्लले भने । छलफलमा प्रधानमन्त्री शाहले सरकार यस वर्ष शासकीय सुधारमा केन्द्रित रहने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)