मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पन्जाबको अपराजित यात्रा कायमै, मुम्बईको चौथो हार

baahrakhari.com · Thu Apr 16 18:15:30 GMT 2026

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

बिहीबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध ७ विकेटको जित निकालेको हो । सुरुआति ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले १६.३ ओभरमै ३ विकेटको क्षतिमा १९८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)