फुटबल विश्वकपको अवधिमा अनलाइन सट्टेबाजी नगर्न प्रहरीको अनुरोध, २ महिनामा २० हजार बढी वेबसाइट ब्लक
techpana.com · Sat Jun 13 09:46:55 GMT 2026

काठमाडौँ । फिफा विश्वकप सुरु भएसँगै नेपाल प्रहरीले अनलाइन सट्टेबाजी (बेटिङ) र जुवाजन्य गतिविधिमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ । खेलकुद महोत्सवको अवसर पारेर विभिन्न अनलाइन माध्यममा सट्टेबाजीका प्रलोभन बढ्न सक्ने भन्दै प्रहरीले नागरिकलाई सचेत गराएको हो ।
प्रहरी का अनुसार सट्टेबाजी सञ्चालकले सामाजिक सञ्जाल र मोबाइल स्क्रिनमा ‘थोरै पैसा लगानी गरेर घरमै बसी धेरै पैसा कमाउन सकिने’ जस्ता आकर्षक स्किम र विज्ञापन प्रवाह गर्ने गरेका छन् । यस्ता प्रलोभनमा परेर सर्वसाधारण सजिलै ठगीको सिकार बन्ने गरेको प्रहरीको भनाइ छ । सुरुवातमा केही रकम जितेको जस्तो देखाएर प्रयोगकर्तालाई थप रकम हाल्न प्रेरित गर्ने र अन्त्यमा ठुलो रकम ठगी गर्ने योजनाबद्ध गिरोह सक्रिय हुने हुनाले यसतर्फ सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)