मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘खेलकुदमा लगानी वृद्धि गर्ने संकल्प गरौं’

ekantipur.com · Sat Oct 15 01:16:20 GMT 2022

काठमाडौँ — उपराष्ट्रपति नन्दकिशोर पुनले खेलकुद पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरेका छन् । नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रमा राज्यले लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

‘वर्षौंअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधार अझै अलपत्र छन् । खेलाडीले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ,’ उनले भने, ‘सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन । सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौं– खेलकुदमा लगानी वृद्धि गर्नेछौं, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौं, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्नेछौं, राष्ट्रलाई सर्वोपरिमा राखेर खेल प्रदर्शन गर्नेछौं । किनकि साझा प्रयासबिना यसको विकास कठिन हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)