प्रशासनिक सुधार आयोग गठनको तयारी
gorkhapatraonline.com · Tue Apr 11 00:48:26 GMT 2023
काठमाडौँ, चैत २८ गते । सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने भएको छ । संविधानअनुसार पहिला केन्द्रमा रहेका कर्मचारी अहिले सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन भएको र प्रशासनिक सङ्घीयतालाई थप बलियो बनाउनका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्न लागेको हो ।
तीनै तहबीचको प्रशासनिक व्यवस्थालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण गर्न उच्चस्तीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएको उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुँदा प्रशासनिक सङ्घीयतालाई थप बलियो बनाउन सकिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)