अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
barnanmedia.com · Thu Apr 16 19:15:00 GMT 2026

करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ । यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुट्नुभएको छ ।
मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबीच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ । ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)