पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा
barnanmedia.com · Mon Nov 11 22:40:01 UTC 2024

काठमाडौँ, २७ कात्तिकः मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो ।
पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृष्य एकैठाउँबाट देख्न पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)