मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे

ratopati.com · Sat Jul 04 19:44:01 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) अन्तर्गत दुई पटकको विश्व विजेता फ्रान्स र पाराग्वेबिच अमेरिकाको फिलाडेल्फियामा आइतबार बिहान (नेपाली समय अनुसार २ः४५ बजे) प्रतिस्पर्धा हुँदैछ ।

सन् १९९८ र २०१८ को विश्वकप उपाधि जितेको फ्रान्स यस संस्करणमा तेस्रो उपाधि थप्ने रणनीतिका साथ मैदानमा उत्रिँदैछ । ‘ले ब्लुज’ उपनामले चिनिने फ्रान्सेली टोली जारी प्रतियोगितामा निकै उत्कृष्ट लयमा देखिएको छ । फ्रान्सले यसअघि खेलिएको ‘राउन्ड अफ ३२’ को नकआउट खेलमा स्विडेनलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)