नवलपुर खण्डमा बन्दैछ जेब्रा क्रस
gorkhapatraonline.com · Sat Jun 13 09:59:56 GMT 2026

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम भइरहेको छ । सडक सुरक्षा सुदृढ बनाउने तथा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले जेब्रा क्रस निर्माणको काम अघि बढाइएको हो ।
शनिबार कावासोती नगरपालिकाको विभिन्न चोक तथा बाटो क्रस गर्न बनाइएका स्थानहरूमा जेब्रा क्रस निर्माण गर्ने कार्य गरिएको छ । सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हुँदा आयोजनाले सडक सुरक्षासम्बन्धी विभिन्न संकेत चिन्ह राख्ने कामलाई पनि धमाधम अगाडि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)