मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ट्विटरले किन्यो पहिचान नखुलाई ग्रुप च्याट गर्न मिल्ने एप स्फेर

techpana.com · Fri Oct 22 01:01:00 GMT 2021

काठमाडौं । आफ्नो परिचय लुकाएर ग्रुप च्याट गर्न मिल्ने एप स्फेरलाई ट्विटरले किनेको छ । ट्विटरले कति रकममा यो एप किनेको हो सार्वजनिक गरेको छैन । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको समाचार अनुसार स्पेर एपमा कार्यरत २० जना पनि अब ट्विटरको कर्मचारीको रुपमा काम गर्ने छन् ।

तोमस हल्गार र निक आलोसियो मिलेर स्पेर एप निर्माण गरेका हुन् । यी दुई युवाले यसअघि नै चर्चित सम्ली नामक एप निर्माण गरेका थिए । समाचारहरुलाई संक्षेपमा देखाउने यो एप ३ करोड डलरमा याहुले किनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)