मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी प्रधानमन्त्री र कतारका अमिरबिच भेटवार्ता

barnanmedia.com · Thu Apr 16 20:15:01 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धविरामका प्रमुख मध्यस्थकर्ता, पाकिस्तानका प्रधानमन्त्रीले बिहीबार कतारका अमिरसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री शहबाज शरिफको कार्यालयका अनुसार उहाँले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग विशेष गरी मध्यपूर्वमा पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासक्रमका बारेमा छलफल गरेको जनाएको छ ।

भेटमा अमिरले मध्यपूर्वमा शान्ति स्थापना प्रयासका लागि पाकिस्तानको भूमिकाको प्रशंसा गर्दै यस क्षेत्रको सुरक्षा र स्थिरता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समन्वय बढाउन र विशेष गरी ऊर्जा आपूर्ति श्रृङ्खलाको सहज प्रवाह कायम राख्नको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गत सप्ताहन्तमा इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलबिच भएको उच्चस्तरीय वार्तापछि पाकिस्तानी प्रधानमन्त्रीले टर्कीए जाने कार्यक्रम तय गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)