विद्युत् ऐन संशोधनको माग
aarthiknews.com · Thu May 25 16:14:00 GMT 2023
कास्की । गण्डकी प्रदेशमा हाल सञ्चालनमा रहेका ३३ आयोजनाबाट पाँच सय ७१ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी, उत्पादन लाइसेन्स जारी भएका ८० आयोजना सम्पन्न हुँदा थप दुई हजार तीन सय मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ ।
हाल उत्पादनका हिसाबले देशमै पहिलो स्थानमा रहेको गण्डकी प्रदेशमा १९ हजार आठ सय तीन मेगावाट जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहे पनि ऐन कानुनका कारण कतिपय आयोजना सञ्चालनका लागि समस्या भएको सरोकारवालाहरुले बताएका छन् । जलविद्युत् क्षेत्रको विकासका लागि समयसापेक्ष जलविद्युत् ऐन संशोधनको माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)