तिलक वर्माको विष्फोटक शतकमा दक्षिण अफ्रीकाविरुद्ध तेस्रो टी२० मा भारतको रोमाञ्चक जीत
kalakarmi.com · Wed Nov 13 23:50:48 GMT 2024
सेन्चुरियन– सूर्यकुमार यादवको कप्तानीमा भारतीय टीमले गए राति उत्कृष्ट प्रदर्शन गरेको छ । टीमले दक्षिण अफ्रीकाविरुद्धको चार खेलको टी२० सीरीजको तेस्रो खेलमा ११ रनको रोमाञ्चक जीत हासिल गरेको छ । यो खेल बुधवार राति सेन्चुरियनको सुपरस्र्पोट पार्क स्टेडियममा खेलिएको थियो ।
यो खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै भारतीय टीमले २ सय २० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । भारतका तिलक वर्माले विष्फोटक शैलीमा शतक प्रहार गरे । जवाफमा अफ्रीकी टीमले ७ विकेट गुमाएर २०८ रनमात्र बनाउन सक्यो र खेल गुमायो । यसरी भारतीय टीमले यो सीरीजमा २–१ को अग्रता हासिल गरेको छ । अब सीरीजको अन्तिम खेल शुक्रवार जोहानसबर्गमा खेलिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)