मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाषणले देश बन्दैन

ekantipur.com · Tue Dec 19 23:32:14 GMT 2023

देशको आर्थिक अवस्था दिनानु दिन खस्कँदो छ । रेमिट्न्यासले देश चलाउनुपर्ने भएको छ । लाखौं युवा विदेश पलायन भएका छन् । देशको मेरुदण्ड बाहिरिएपछि देश कसरी बनाउने ? भाषण गर्दैमा देश बन्ने होइन, त्यसका लागि इच्छाशक्ति चाहियो । नेताहरू आसेपासेका बाहेक अरूका कुरै नसुन्ने भए । विकासको नाउँमा विनाश भइरहेका छ ।

जनप्रतिनिधि पनि गैरजिम्मेवार बन्दै गएका छन् । एउटा विवाहभोजमा करोडौं खर्च गर्न सक्ने नेताहरूले जनहितमा काम गर्न सकेजस्तो लाग्दैन । पछिल्लो समय देशमा कण्डै काण्ड मच्चिएको छ– लाउडा काण्ड, धमिजा काण्ड, ओम्नी काण्ड, बुढीगण्डकी जलविद्युत् काण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड, सुन काण्ड, ऐनसेल काण्ड ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)