डीडीसीबाट ५० करोड नपाएका किसान ‘चिज…’ भन्दै हाँस्ने कि रुने ?
onlinekhabar.com · Wed May 20 14:33:05 GMT 2026

६ जेठ, काठमाडौं । देशको कार्यकारी प्रमुखले नै हातमा कुनै उत्पादन लिएर सामाजिक सञ्जालमा राख्नु आफैंमा शक्तिशाली विज्ञापन हो । केही दिनअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दुग्ध विकास संस्थान (डीडीसी) को चिज खाँदै गरेको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखे– ‘से चिज, डीडीसीको चिज…डीडीसी नेपाल सरकारको हो ब्रो-सिसहरू ।’
प्रधानमन्त्रीको यो ‘फ्रि ब्रान्डिङ’ पछि पूर्णसरकारी स्वामित्वको डीडीसी चर्चा एकाएक चुलियो । यसअघि सरकारी स्वामित्वकै उदयपुर सिमेन्टको प्रचार गरेका शाहले अहिले डीडीसी रोजेपछि सरकारी उद्योगप्रतिको उनको मोहलाई धेरैले सकारात्मक लिँदै सामाजिक सञ्जालमा ताली बजाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)