मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

Ujyaaloonline.com · Sun May 30 00:17:55 GMT 2021

काठमाण्डाै - इङ्ग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)