जाडो बढेपछि राजविराजका विद्यालय दुई दिन बन्द
news24nepal.tv · Thu Jan 05 00:34:07 GMT 2023
सप्तरी । विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि सप्तरीको राजविराज नगरपालिकाले अगामी दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज जारी प्रेस विज्ञप्तिमा यही पुस २१ र २२ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)