मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘वेलकम होम’ परियोजना सञ्चालन

abhiyandaily.com

झापा । वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउन ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । कथा नेपालले हालै भद्रपुरमा ‘मिडिया अन्तरक्रिया’ कार्यक्रम आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ । कथा नेपालका नेशनल को–अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किएका, ज्ञान–शीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको बताए ।

परियोजना अन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सृजना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–शीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउने लगायत क्रियाकलाप गरिने बताइएको छ । ‘श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजना छ, विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालीम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्ने काम गर्छौं,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)