मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यो साता यी राशिहरूका लागि लाभको संकेत

ratopati.com · Sat Jul 04 19:55:30 GMT 2026

असार २१ गते आइतबारदेखि २७ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग, व्यापारमा तथा शेयर बजारबाट आम्दानी हुनेछ । लगानी गर्ने अवसर आउने तथा बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । शुभचिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । तर पनि खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)