डलरको मूल्य १७ महिनाकै उच्च, कमजोर हुँदै नेपाली मुद्रा
annapurnapost.com · Sun Dec 12 06:48:00 GMT 2021
काठमाडौं : अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमय दर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)