माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु
barnanmedia.com · Sat Jun 13 10:04:49 GMT 2026

हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ ।
सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जङ्गल जानुभएको थियो । बिहान करिब १०ः३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)